काठमाडौं । अभिनेता पल शाहले आफूमाथि अझै ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ‘सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन्।

सोमबार राति फेसबुकबाट उनले भनेका छन्, “मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?”

पलले अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् ।
“मलाई पल शाह बनाएको तपाईंहरूले हो । यस कारण म प्रश्न पनि तपाईंहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?,” उनले भनेका छन् ।

प्रकाशित मिति: २६ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com