काठमाडौं । पत्नी वियोगमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ दिनसम्म शोकमा बस्ने भएका छन् । आउँदो ३० गतेबाट उनी नियमित काममा फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले ३ दिनसम्म प्रधानमन्त्री निवासमै रहने जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यू ३० गतेपछि पूर्ववत सक्रिय हुनुहुनेछ’, उनले भने।

प्रधानमन्त्री पत्नी सीता दाहालको हिजो नर्भिक अस्पतालमा निधन भएको थियो । उनको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । हिन्दू संस्कारअनुसार नै दाहसंस्कार गरिएको हो । अन्य काजक्रिया भने नगरिने भएको छ।

प्रधानमन्त्रीको परिवारमा कसैले पनि नून बारेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहालले हिन्दू संस्कारमा हुने १३ दिनको काजक्रिया नगरिने बताए ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com