काठमाडौं । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस चितवनको दासढुंगामा दुर्घटनामा परेको छ । ४० यात्रु सवार बस दुर्घटना हुँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

शुक्रबार बिहान ५ बजेर २० मिनेटमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, दासढुङ्गामा बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक पण्डितका अनुसार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका एक जनालाई भने काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com