काठमाडौं । मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा बस्यो । बैठकपछि बाहिर निस्कने क्रममा कांग्रेस नेतृ आरजु राणा देउवाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसँग आक्रोश पोखेकी छन् । त्यसक्रममा उनले सिवाकोटीलाई ‘देखाइदिन्छु’ भन्दै धम्क्याएको एक नेताले जानकारी दिए ।

बैठकस्थलबाट बाहिने क्रममा नेताहरू एकअर्कासँग भलाकुसारी गरिरहेका थिए । यही क्रममा आरजुले शिवाकोटीलाई आफूतिर बोलाउँदै भनिन्, ‘अजयजी यता आउनुस् त ।’

advertisement

आरजुले बोलाएपछि शिवाकोटी उनी नजिक पुगे ।
त्यसपछि आरजुले सोधिन्- ‘बाहिर के-के बोल्दै हिँड्नुभएको छ हँ ?’ शिवाकोटीले भनेका थिए- ‘के बोलेँ र ?’
त्यसपछि आरजु आक्रोशित बनेकी थिइन् । उनले बाहिर कसले के बोल्यो भन्ने आफूले थाहा पाउने गरेको र शिवाकोटीले बोलेको कुरा पनि थाहा पाएको बताएकी थिइन् ।

आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणमा शिवाकोटीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै आक्रोश पोखेकी ती नेताले जानकारी दिए । यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण थुनामा छन् । यो प्रकरणमा एउटा अडियो सार्वजनिक भएको छ, जसमा आरजुको नाम जोडिएको छ । आरजु आफैँले उक्त अडियो छानबिनका लागि प्रहरीमा उजुरी दिएकी थिइन् ।
शिवाकोटीले भने शरणार्थी प्रकरणमा कुनै पनि दोषी उम्कन नहुने बताउँदै आएका थिए । आरजुले भनिन्, ‘मलाई सबै थाहा छ । म देखाइदिन्छु ।’

आरजु आक्रोशित बन्दै गएपछि शिवाकोटीलाई अर्का केन्द्रीय सदस्य उमेशजंग रायामाझीले आफूतिर तानेर लगेका थिए ।

प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com