काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन्

मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

मल्होत्राले एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भवसमेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने बताए ।
दिउँसो पत्रकार सम्मेलन गरेर आफू कानूनी कारबाहीमा जाने उनको भनाइ छ ।

प्रकाशित मिति: ४ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com