काठमाडौं । अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार पाण्डेविरुद्ध पक्राउ पुर्जी केही दिनअघि जारी भएको हो।

उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएकाे छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

advertisement

एक टेलिभिजनसँगकाे अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा  त्यसले उनीहरुबाट  जन्मने बच्चामा  दुप्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com