काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क गरेको बसले २०७५ साल जेष्ठ १ गते एक वृद्ध महिलालाई ठक्कर दिएर मारेको पाइएको छ।
वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको एक सयौं दिनमा सांसद लामिछानेले निःशुल्क बस सेवा शुभारम्भ गरेका हुन्। तर यो ना ५ ख ३१३८ नम्बरको बसले २०७५ साल जेष्ठ १ गते चितवनको इक्छाकामना-७ मा पैदल यात्रा गरिरहेकी ७० वर्षीया धनमाया गुरुङलाई ठक्कर दिएको थियो भने गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो।
अहिले उक्त बसमा चितवन क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउनेछन्।
निलो रङ लगाइएको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार हरेक बिहान शक्तिखोरबाट छुट्ने बसले कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा सेवा दिनेछ। भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने बस साँझ फेरि शक्तिखोर फर्कनेछ।
प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार
प्रतिक्रिया