दार्चुला । उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एकजना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन्।
दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृति बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो।
बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति भागेकी थिइन् ।
प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार
प्रतिक्रिया