काठमाडौँ । तस्करी गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम भेटिएको छ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएपछिको तौल ६० किलो ७१६ ग्राम भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकालेको हो । तौल सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महाशाखाका अधिकारीले उक्त जानकारी दिएका हुन् ।

गालेपछि सुनका ३४ बिस्कुट बनेको महाशाखाका अधिकारीले जानकारी दिए । सुनको गुणस्तर कति हो भन्नेबारे ३ देखि ७ दिनसम्ममा पत्ता लाग्ने बताइएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com