काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि कारबाहीको माग गर्दै नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी दिएको हो ।

प्रसाईं नेतृत्वको समूहले विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै साइबर व्यूरोमा उजुरी दर्ता गरेको हो ।

केही समययता प्रसाईंले बैंक वित्तीय संस्थाको ऋण नतिर्न आह्वान गरेका थिए भने मारवाडी समूदायविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

 

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com