काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ।
गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने ।
क्षतिको विवरण आइसकेको छैन।
प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार
प्रतिक्रिया