काठमाडौं । गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले समाजको आलोचनाबाट आफू आत्तिसकेको बताएकी छन् । उनले आफू र बहिनीले समाजको सुन्नै नसकिने आवाजसँग कहिलेसम्म जुध्नुपर्ने हो भनेर प्रश्न समेत गरेकी छन् ।

‘के फूल्न नपाउँदै कोपिलामै चुँडिनु पर्ने हो ? आखिर कतिञ्जेल, कहिलेसम्म जलेर बाँच्नुपर्ने हो ?’ उनले फेसबुकमा लेखेकी छिन् ‘यी निर्दोष आँखा अनि कानले यो कहालिलाग्दो समाजबाट म र मेरो बैनीले देख्नै नसकिने अनि सुन्नै नसकिने आवाजसँग कतिञ्जेल जुध्नुपर्ने हो ?’

 

खोक्रो इज्जतको खोल ओढेर आफूलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएको बताउँदै उनले अगाडि लेखेकी छिन् ‘मानव भएर दानवको जस्तो व्यवहारबाट म आत्तिसकेको छु । मरेर न्यायको अपेक्षा त छैन, मलाई जिउँदो रहुञ्जेल फाटेको मनलाई टाल्नसक्ने साहस भगवानले पूरा गरून् ।’

सके राम्रो सल्लाह सुझाव दिने कोसिस गर्न आग्रह गर्दै नसके कसैको बारेमा नराम्रो पनि नसोचिदिन शर्मिलाले अपील गरेकी छिन् ।

समीक्षाले केयर टेकरका रूपमा उनलाई अस्ट्रेलिया लगेर उतै छोडेको आरोप लागेपछि शर्मिलाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् ।
समीक्षाले बिहीवार फेसबुकमा स्टाटस लेख्दै उक्त आरोपको खण्डन गरेकी थिइन् ।

 

प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com