काठमाडौं । अस्ट्रेलियाको भिसा रद्द बारे झुटो समाचार लेखेको भन्दै ‘ग्लोबल नागरिक’ संचारमाध्यम लगायत केही फेसबुक पेज बिरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन्।
समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा समाचार सम्प्रेषण गरेको भन्दै निवेदन दिएकी हुन् ।
ग्लोबल नागरिकले अस्ट्रेलियाको ‘ब्ल्याक लिस्ट’मा गायिका समिक्षा हेडलाईनमा फोटो समाचार र त्यसपश्चात् गायिका समिक्षा अधिकारीको अस्ट्रेलिया भिसा रद्द, भएको के हो? भन्ने समाचार सम्प्रेषण गरेको थियो। यस समाचारको विषयलाई लिएर गायिका अधिकारीले आफ्नो इज्जत प्रतिष्ठामाथी आँच आएको भन्दै कास्की प्रहरीमा उजुरी दिएकी हुन्।
अस्ट्रेलिया सरकारले गायिका समिक्षा अधिकारीको भिसा रद्द गर्दिएर ब्ल्याक लिस्टमा राखेको सुचना पश्चात् ग्लोबल नागरिकको टिमले अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएन । यसको अर्थ उनको भिसा रद्द भएको पुष्टि हुन्छ। अस्ट्रेलिया भिसामा समस्या आएको(रद्द भएको) र त्यस विषयमा प्रक्रिया जारी रहेको उनले स्वीकार भने गरेकी छन्। तर ग्लोबल नागरिक संचारमाध्यमले पुष्टि गरेर लेखेको यथार्थ समाचारलाई गायिका अधिकारीले आफ्नो इज्जत प्रतिष्ठामा आँच आएको भन्दै उजुरी दिएकि हुन्।
उनले दिएको निवेदनमा भनिएको छ – ‘विभिन्न अतिरञ्जित कुराहरु लेखी हुँदै नभएका कुराहरु, विनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’,
प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार
प्रतिक्रिया