काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा -७ मा हलेसी महादेव मन्दिरको स्थापना भएको छ।
खोटाङ हलेसी महादेव दर्शन गर्न टाढा भएको कारण स्थानिय र केहि अन्य दाताहरुको तर्फबाट २३ लाख ५० हजार र नगरपालिकाको तर्फबाट ४ लाख ५० हजार प्राप्त रकमगरि जम्मा २८ लाख रुपैयाँमा तारकेश्वर-७ फुटुङमा हलेसी महादेव मन्दिर स्थापना भएको मन्दिर बिकास समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताए।
रास्वपा सांसद शिशिर खनाल, बागमती प्रदेश सांसद अमन मास्के लगायत स्थानिय प्रतिनिधिहरुले एक कार्यक्रमकाबिच मन्दिर उद्घाटन गरेका थिए। मन्दीरको उद्घाटन ९९ बर्षकि ज्यष्ठ नागरिक चन्द्रकुमारी खड्काद्वारा गरिएको थियो।
प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार
प्रतिक्रिया