काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) श्रीलंका प्रस्थान गरेका छन्।
उनी एशिया कप अन्तर्गत सोमबार हुने नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका गएका हुन् ।
मेयर शाह हिमालयन एयरलाइन्सको उडानमार्फत आज दिउँसो श्रीलंका गएका हुन् ।
मेयर शाह आफ्नो बिरामी छोरी र श्रीमती छोडेर नेपाली क्रीकेट खेलाडीलाई हौसला दिनकै लागि श्रीलंका गएका छन् । हाल उनको छोरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार
प्रतिक्रिया