काठमाडौं । अति विशिष्ट व्यक्ति (भीभीआईपी), विशिष्ट व्यक्ति (भीआईपी) र सरकारी कर्मचारीले पछिल्लो १० वर्षमा स्वदेश तथा विदेश भ्रमण गर्दा करिब ३३ अर्ब रुपैयाँ खर्च गरेको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७०–७१ देखि २०७९–८० सम्मको अवधिमा उनीहरुले उक्त खर्च गरेका हुन् ।  सो अवधिमा स्वदेशभित्रको अनुगमन तथा मूल्यांकन भ्रमण (स्वदेश) र विदेश भ्रमणमा कुल ३२ अर्ब ९६ करोड ६२ लाख २६ हजार ४६८ रुपैयाँ खर्च भएको छ ।

यस्तो रकमको सबैभन्दा ठूलो अंश भीभीआईपी, भीआईपी र सरकारी कर्मचारीको विदेश भ्रमणमा खर्च हुने गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि विदेश भ्रमणका नाममा हुने खर्च झन् बढेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com