एजेन्सी । भारतले जी-२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको प्रबन्ध मिलाइएको हो।

advertisement

 

आयोजकले नयाँदिल्लीका तारे होटलसँग भएका सुन र चाँदीका भाँडाकुँडा उपलब्ध गराउन भनेको छ।

भारतको राजधानी नयाँदिल्लीमा सेप्टेम्बर ९-१० मा जी-२० को शिखर सम्मेलन हुँदैछ। अहिले भारत जी-२० को अध्यक्ष हो।

जी-२० को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत नेताहरू आउँदैछन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने नयाँदिल्ली नआउने भएका छन्।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com