काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भिडन्तमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन जोड्यो । भारतका विराट कोहली र केएल राहुलले सतक बनाए ।
कोहली १२२ र राहुल १११ रनमा अविजित रहे । उनीहरुले दोस्रो विकेटका लागि २३३ रनको साझेदारी गरेका छन् ।
प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार
प्रतिक्रिया