काठमाडौं । गृह मन्त्रालयले बुधबार आफ्ना कर्मचारीहरुलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ ।
मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ।
यसले कार्य क्षमता बढाउने मन्त्रालयको तर्क छ ।
प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार
प्रतिक्रिया