काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-३ बाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ परेका छन् ।
थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौँ फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रुपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार
प्रतिक्रिया