काठमाडौँ । काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा हुने लुटपाटका घटनामा संलग्नहरुको समूहलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्रसिंह राठौरले जानकारी दिए।

‘लुटपाटका घटनामा सक्रिय समूह पुन: लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा हाम्रो टोली परिचालन भएको थियो। त्यसक्रममा जम्काभेट भएपछि उनीहरुले प्रहरी टोलीमाथि नै हतियार प्रहार गर्न खोजे,’ एसएसपी राठौरले भने, ‘लुटपाटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको छ।’

एसएसपी राठौरका अनुसार सिन्धुली घर भएका अमर घलानको गोडामा गोलि लागेको छ। अन्य २ जनालाई भने चोटपटक छैन।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com