काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले दसैँमा अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।
शाहको सचिवालयका अनुसार शाहले दसैँको विजयादशमीका दिन सर्वसाधारणलाई बेलुका ४ बजे टीका लगाइदिनेछन्।
सचिवालयका अनुसार राजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन्।
प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार
प्रतिक्रिया