काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरु राजनीतिबाट टाढा बस्नै नसक्ने टिप्पणी गरे। धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरे पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको उनको भनाइ थियो।

advertisement

उनले भने, ‘धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ। उहाँमा सबै किसिमको ज्ञान छ। उहाँका पोस्ट र व्यक्तिगत रुपमा भेट्दा पनि राम्रो लाग्छ।

आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ। यो कुरा चलचित्रमा लागू हुन्छ। हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दापनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो। व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ।’

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com