काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजावादीहरू कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु भएको बताए । उनले यस्ता भ्रममा नपर्न समेत आग्रह गरे ।

advertisement

उनले फेसबुकमा लेखेका छन्,‘पहिले माओवादीहरू जाउला खेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे ।

अहिले राजावादीहरू कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ ।

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो ।

नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौँ, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ।’

प्रकाशित मिति: ८ कार्तिक २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com