काठमाडौं । आइसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन्।
‘नेपाली क्रिकेट समर्थक’हरूकाे ओइराेलाग्ने राेचक खेल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि खेलिँदैछ। राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास नेपाली समर्थकहरूलाई ‘नेपाली क्रिकेटको मेरुदण्ड’ भन्न रुचाउँछन्। र, नेपाललाई ‘अघिल्लाे हार’को बदला लिँदै उपाधि जित्ने अवसरसमेत छ।
नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएपछि फाइनलमा स्थान बनाउँदै ‘टीम नेपाल’ र ‘टीम ओमान’ विश्वकपकाे यात्रामा लम्किएका छन्।
प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार
प्रतिक्रिया