काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रक्रिया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राती पनि खेलहरू सञ्चालन गर्न सकिने छ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com