काठमाडौं । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ। आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन- काग तिहार।

यस वर्ष कात्तिक २५ गते काग तिहार, २६ गते कुकर तिहार तथा लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्धन पूजा तथा म्ह: पूजा र २८ गते भाइटीका रहेको छ।

advertisement

यमपञ्चकको पहिलो दिन आज कागलाई मिठोमिठो खाना चढाएर काग तिहार मनाइँदैछ। वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ। आजको दिन कागलाई खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ।

वैदिक सनातन हिन्दु धर्मानुसार कागलाई यमदूत मानिन्छ। कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ। ‘तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मिठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ,’ धर्मशास्त्रविद् गौतमले भने।

प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com