काठमाडौं । भारतका चर्चित युट्युबर र मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध आफ्नी श्रीमतीलाई कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ।

नोएडाका डीसीपी हरिश चन्द्रले उनीविरुद्ध एफआईआर दर्ता गरिएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

advertisement

तर उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन।
घटनासँग सम्बन्धित धेरै भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेका छन्।नोएडा प्रहरीले सार्वजनिक भिडियोबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।

विवेक बिन्द्राले हालै बिहे गरेका थिए। श्रीमतीका भाइले दिएको उजुरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

डीसीपी हरिश चन्द्रले भने, ‘पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म रेकर्ड गरिएको छैन। एफआईआर दर्ता भएको धाराअन्तर्गत आवश्यक परे पक्राउ पनि गरिनेछ।’

विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए। श्रीमतीलाई कुटपिट डिसेम्बर ७ मा भएको बताइएको छ। श्रीमतीसँगको झगडा गरिरहे्को भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com