काठमाडौं– दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगितामा न्यूजिल्याण्डसँग नेपाल ६४ रनले पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो। ३०३ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३८ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सर्वाधिक ओपनर अर्जुन कुमालले ९० रन बनाए। यस्तै कप्तान देव खनालले ३६ रन बनाए भने सुवास भण्डारीले ३३ रन जोडे। यस्तै तिलक भण्डारी १७ रनमा नटआएट रहँदा दीपक बोहोराले १५ रन बनाए।

आकाश चन्दले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com