काठमाडौं । मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत मीनबहादुर भट्टराई विरुद्ध मुद्दा चलाएको हो।

advertisement

भट्टराईले भ्रष्टाचार गरी ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com