काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै  एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ।

गएराति अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका हुन्।

advertisement

उनको देब्रे पाखुरामा गोली लागेको छ। विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरिएको पाइएको छ। उनको देब्रे हातको केही भाग काटिएको छ। पसल बन्द गरेर फर्कदै  गर्दा लुटेरा आक्रमण गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com