काठमाडौं । बेलायतका राजा किङ्ग्स चार्ल्स क्यान्सरका कारण पीडित भएका छन्। बकिङ्घम प्यालेसका अनुसार राजा चार्ल्सको प्रोस्टेट बढेपछि उपचार गराइरहेको समय उनलाई क्यान्सर भएको पत्ता लागेको हो। तर, यो कुन क्यान्सर हो भन्ने यकिन भइसकेको छैन्।

बीबीसीका अनुसार बकिङ्घम प्यालेसले राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि हुनासाथ सोमवारबाट उनको उपचार पनि सुरु गरिएको बताएको छ।

advertisement

७५ वर्षीय राजा चार्ल्स उपचार अवधिभर कुनैपनि सार्वजनिक काममा सहभागी नहुने पनि बताइएको छ।

उनको क्यान्सर कुन चरणको हो भन्नेबारे पनि जानकारी दिइएको छैन।

राजा चार्ल्सले आफ्नो रोगको बारेमा आफ्ना दुबै छोरा प्रिन्स ह्यारी र प्रिन्स विलियमलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com