काठमाडौं । चर्चित कार्टुनिष्ट एवम् शिक्षक आशिष खनाल(माड्साब)ले काठमाडौंको कोटेश्वर स्थित नरेफाँट-३२ मा ‘द गेटवे ईन्स्टिच्युट’ (The Gateway Institute) नामक ट्युसन सेन्टर संचालनमा ल्याएका छन्।

इन्स्टिच्युटमा बिद्यालय र १०+२ स्तरका सबै विषयहरू सस्तो शुल्कमा अनुभवि शिक्षकहरुद्वारा पठनपाठन गराइने माड्साब बताउँछन्। माड्साब भन्छन् -‘म आँफै पनि गणित र विज्ञानका कक्षाहरू लिन्छु’

advertisement

आजकल अधिकांश विद्यार्थीहरुको लत नै बनेको मोबाइल र इन्टरनेटबाट केटाकेटीलाई कसरी टाढा राख्ने भन्ने अभिभावकमा चिन्ता बढिरहेका बेला केटाकेटीको विद्यालय समय भन्दा फाल्तु समयको सदुपयोग गर्न पनि आँफुले इन्स्टिच्युट संचालनमा ल्याएको उनको भनाइ छ।

माड्साब पेशाले शिक्षक तथा कार्टुनिष्ट हुन्। उनि नरेफाँट कै लालीगुराँस बाटिका सेकेण्डरी स्कूलमा बिगत १० बर्ष देखि गणित र विज्ञान विषयका शिक्षकका रुपमा कार्यरत छन्। उनि अधिकांश समय केटाकेटी सँग नै ब्यतित गर्ने गर्छन।

देशका शिक्षित एवम् दक्ष युवायुवती विदेश पलायन हुने होडबाजी नै चलेका बेला देश मै आफ्नो क्षमता र दक्षता अनुसार रोजगार सिर्जना गर्न माड्साबको यो कदम धेरैका लागि प्रेरणा बन्न सक्छ। इन्स्टिच्युटमा माड्साब आँफैले कर्सिभ, मोनो कर्सिभ र क्यालीग्राफि हस्तलेखन पनि सिकाउने छन्।

आफुले सधैँ समानुपातिक शिक्षालाई जोड दिने भएका कारण गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुलाई उनीहरुले दिन सक्ने रकम अनुसार उनीहरुलाई पढाउने माड्साबको भनाइ छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com