काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको छ ।
महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरु गरिएको हो ।
फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको महानगरले बताएको छ ।
घरेलु फोहोर दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी महानगरले २७ नम्बर वडाबाट सुरु गरिएको थियो । ५ हजार जनसङ्ख्या रहेको २७ नम्बर वडामा १ हजार ४ सय घरधुरी छन् । जहाँबाट निस्कने कुहिने फोहोरको मात्रा दैनिक औसत ५ सय केजी छ ।
कुहिने फोहोरलाई एक हप्तामा एक पटक पल्टाएर कम्पोस्ट मल तयार गरिने बताइएको छ
प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार
प्रतिक्रिया