काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हाे।

advertisement

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा बुधबार वाइबालाई प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट नियन्त्रणमा लिएको थियाे।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com