काठमाडौँ । गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले  पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।

अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।  उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।  पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’

 

 

प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com