काठमाडौं । शालिन पोख्रेलको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ । शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।
‘किशोरीको पुरानो नोट बुकहरु मगाएर सुसाइड नोट पनि ल्याबमा पठाइसकेका छौं, सम्भवतः आजै साँझ वा भोलिसम्ममा रिपोर्ट आउँछ’, प्रहरी उच्च स्रोतले भन्यो । बालिकाको शबको पोष्टमार्टम रिर्पोट पनि आइसकेको छ । जसमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ ।
फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गरेकी थिइन् । शालिनको बलात्कार पछि हत्या भएको भनी परिवारले दाबि गरिरहेका छन् ।
राजनीतिक दलका नेता र महिला अधिकारकर्मीले घटना रहस्यमयी भएको भन्दै छानबिन गर्न माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार
प्रतिक्रिया