काठमाडौं । ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मुलन दिवसको अवसरमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-५ डकरिमा ४२ उत्कृष्ट जोडीलाई सम्मान गरिएको छ।
दलित सामाजिक विकास केन्द्रले दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई दोसल्ला सहित प्रेसर कुकर प्रदान गरी सम्मान गरेको हो।
संस्थाद्वारा सञ्चालित जीवन सुधार परियोजना अन्तर्गत गठन भएका ३२ समूहका जोडी र हाम्रो पहुँच परियोजनाका १० जोडीलाई सम्मान गरिएको थियो। आफ्नो घरमा कुनै विभेद नगरी छोरा छोरीलाई समान व्यवहार गरेको, भेदभाव नगरेको र श्रीमान् श्रीमती समेत मिलेर बसेको जोडीलाई सम्मान गरिएको संस्थाको निर्देशक रामशरण रैदासले बताए।
प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार
प्रतिक्रिया