काठमाडौं । काठमाडौं जिल्ला अदालतले कलाकार ‘म्याकुरी’ माथि कुटपिट गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ।
कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार
प्रतिक्रिया