जुम्ला । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-५ बाट गोठिज्युला बजार तर्फ जाँदै गरेको लु ५ च १४६० नम्बरको ट्याक्टर बिहीबार बिहान ११ बजे तिर लोट्खु डाँडा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार दुर्घटनामा चालक सल्यान त्रिवेणी गाउँपालिकाका २७ वर्षीय वसन्त रेउकाे मृत्यु भएको हो।

advertisement

घटना लगतै उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको चन्दले जानकारी दिए।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट सय मिटर तल खसेको थियो।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com