काठमाडौं । क्रीकेटर सन्दीप लामिछानेको फैसालामाथिको पुनरावेदनमाथि आजबाट सुनुवाइ सुरु हुँदैछ। उच्च अदालत पाटनमा लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आजबाट सुनुवाइ हुन लागेको हो।

उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो।

advertisement

उच्च अदालतले निकालेको साप्ताहिक पेशी सुची अनुसार आज यो मुद्दामा सुनुवाइ हुने भनिएपनि कसको इजलासमा पर्छ कि स्थगित हुन्छ भन्नेबारे दैनिक पेशी सूची प्रकाशित भएपछिमात्रै थाहा हुन्छ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर, जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com