काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा घाइते भएका ठाकुरप्रदास डाँगीको निधन भएको छ।

बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

advertisement

गत चैत २७ गते राप्रपाले काठमाडौँमा गरेको आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको छाउनी अस्पतालमा उपचार भइरहेको थियो।

उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको तथा आज बिहान निधन भएको श्रेष्ठले बताए।

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि अहिले १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने पनि उनले बताए।

 

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com