काठमाडौं । दरबारमार्ग स्थित चतुर्व्यूह नारायण धाम परिसरमा ‘चतुर्व्यूह नारायण धाम वृहत धार्मिक महोत्सव’को पहिलो दिन आज बैशाख ४ गते ‘सोभा कलश यात्रा’ सम्पन्न भएको छ।
नारायणहिटी स्थित श्री चतुर्व्यूह नारायण धाम परिसरमा वैदिक वैज्ञानिक सनातन शास्त्रयुक्त शिक्षालय निर्माणको निमित्त अक्षयकोष स्थापनार्थ तथा राष्ट्र शान्तिको कामना गर्दै यही मिति वैशाख ४ गते देखि १२ गते सम्म श्री चतुर्व्यूह नारायण धाम वृहत धार्मिक महोत्सव हुँदैछ।
सोभा कलश यात्रामा विभिन्न धार्मिक ब्यक्तित्व, बिश्व हिन्दु युवासंघका केन्द्रीय सदस्य सुजन कटुवाल लगायत ‘रोयल नेपाल युथ क्लव’ का सल्लाहकार विशाल जंग शाही, पवन तामाङ, सुमन योगि, दिपक जंग शाही, बिशाल तामाङ, आकाश तामाङ, प्रवेश खड्का तथा क्लवका अध्यक्ष कृष्ण चौधरी समेत सहभागी भएका थिए।
सामाजिक अभियन्ता दिपककुमार केसी संयोजक, प्रभात सिंह बस्नेत सहसंयोजक तथा ईशा खडका सदस्य-सचीव रहेको ५१ सदस्यीय महोत्सव आयोजना मुल समारोह समिती रहेको छ। सु-प्रसिद्ध अन्तर्राष्ट्रिय आध्यात्मिक प्रवचक तथा नारायणहिटी दरवार धाम पिठाधिस श्री चतुर्व्यूह नारायण र सुप्रसिद्ध कथावाचक व्यासाचार्य पं. श्री वासुदेव घिमिरेको मुखारविन्दबाट कथा वाचन तथा प्रवचन हुने आयोजकले जनाएको छ।
प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार
प्रतिक्रिया