काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा युएईविरूद्ध नेपालले खराब ब्याटिङ गरेको छ।
अलअमरेतमा टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन मात्र जोड्न सक्यो।
पहिलो बलदेखि विकेट गुमाउन थालेको नेपालले लगातार विकेट गुमाएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्।
प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार
प्रतिक्रिया