विराटनगर । मोरङको जहदा गाउँपालिका–२ हरिनगरामा एउटा बिहे घरमा नाच्ने विषयलाई लिएर कुटाकुट शुक्रबार बिहान कुटाकुट भएको छ ।
विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा बिहान २:३० बजेतिर घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
उनका अनुसार घटनामा परी एक बालकसहित दुईजना घाइते भएका छन् । घाइते हुनेमा जहदा–२ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर रहेका छन् । घाइते दुवैजना घरगाउँले हुन् । जन्ती आएका युवाको आक्रमणबाट उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार
प्रतिक्रिया