काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ।
वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकाले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बेलुका भने समय परिवर्तन गरिएको छैन।
यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ।
प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार
प्रतिक्रिया