काठमाडौं । विशेष अदालतले पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। उपाध्याय मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर मुद्दाका प्रतिवादी हुन्।

पूर्व सचिव भीमप्रसाद उपाध्याय आइतबार अदालतमा उपस्थित भएका थिए। यस मुद्दामा अदालतमा उपस्थित हुने उनी दोस्रा प्रतिवादी हुन्। यसअघि रुद्रसिंह तामाङ पनि उपस्थित भइसकेका छन्।

advertisement

गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसमेत १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो कायम गर्दै मुद्दा दायर भएको हो।

उनी मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन् भने खानेपानी मन्त्रालयका सचिवसमेत रहिसकेका छन्। मेलम्चीमा झन्डै सात अर्ब रुपैयाँ अनियमितता भएको अख्तियारको दाबी छ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com