काठमाडौं । भारतकाे उत्तराखण्ड सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै लाइसेन्स खारेज गरेकाे हाे।

उत्तराखण्ड सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सुप्रिम काेर्टलाई बताएको छ। लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वसरी प्रवाही, स्वसरी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडम, बिपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिवाेग्रिट, आईग्रिट गोल्ड र पतञ्जली दृष्टि आइ ड्रप रहेका छन्।

advertisement

उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई दिएको हलफनामा (अदालतमा प्रमाणकाे रूपमा प्रयाेग गरिने लिखित बयान)मा यस्तो जवाफ दिएको हो।

रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि ड्रग्स तथा म्याजिक रेमेडिज उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको थियाे।

सर्वोच्च अदालतमा रामदेव र पतञ्जलीका प्रबन्ध निर्देशक बालकृष्णविरुद्ध अदालतको आदेशको अवहेलना गरेको मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा राज्य सरकारले यस्ताे कदम उठाएकाे हाे।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com