काठमाडौं । ‘कुल ब्वाइ’को नामबाट चर्चित टिकटकर पारस बम अब फिल्म खेल्ने भएका छन् । उनी नेपाली फिल्म क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित फिल्म सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’बाट नेपाली रजतपटमा प्रवेश गर्ने भएका हुन्।
बम टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा परिर्चित छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यो फिल्म डेब्यु हुने भएको छ।
‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका गीतहरू समेत गाएका बमलाई फिल्मको महत्त्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए।
जुन पात्र फिल्मको स्क्रिप्टले ‘डिमान्ड’ गरेको छ त्यो पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम रहेको कारण अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए।
प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार
प्रतिक्रिया