काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

आज दिउँसो ३ बजेको समयमा बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए । उनका अनुसार सो समूहले कार्यालय तोडफोड गरेको छ भने पुरुष र महिला कर्मचारीमाथि हातपात गरेको छ ।

फुड्स पार्कमा आउनासाथ उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए । चौधरी ग्रुपका व्यवस्थापकहरुमाथी पनि अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

आक्रमण गर्ने २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १७ महिला र ५ जना पुरुष रहेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । उक्त आक्रमण सुनियोजित ढंगबाट गरिएको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ। कसले र किन गरायो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञप्ति

 

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com